नेभिगेशन
सबै कुरा

बीस वटा घडियाल राप्तीमा छाडियो

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो । 

Extreme Energy
citizen life

घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा सरोकारवालको माग रहेको छ । 

गोही संरक्षणका लागि २०३०  सालमा स्थापना भएको प्रजनन केन्द्रले  अण्डा सङ्कलन गरी वार्षिक दुई सय बच्चा उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हुर्किएका  एक हजार नौ सय १७ वटा गोही नदीमा छाडिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको मौसमः केही स्थानमा  वर्षा र हिमपातको पूर्वानुमान

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली...
मनोहराको सुकुम्बासी बस्ती खाली गराउन सुरु

मनोहराको सुकुम्बासी बस्ती खाली गराउन सुरु

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा शनिबार राति ह्वाइट हाउस संवाददाताहरूको कार्यक्रमबीच गोली चलेको आवाज सुनिएपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको अमेरिकी अखबार द...
प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।  तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्।