नेभिगेशन
सबै कुरा

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यको आरोपः रेशम चौधरीले ज्यान मार्ने धम्की दिए

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केही केन्द्रीय सदस्यहरुले रेशम चौधरीले आफुहरुलाई हत्या गर्ने धम्की दिएको जनाएका छन् । 

काठमाडँैंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौँमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको जनाएका छन् । पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण भएको बताए । पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनकाे भनाई छ।

Global Ime Bank

विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे । सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सवै दोष रेशम चौधरीको हुने उनले बताए । 

उनले आफुहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई अनुरोध पनि गरे । आफुहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय...
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।