नेभिगेशन
सबै कुरा

बसको ठक्करबाट एक महिलाको मृत्यु

दोलखा। बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे  महिला नेतर्नी लामाको  मृत्यु भएको छ । 

प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

Global Ime Bank

उनका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा  राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।
ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए।...