नेभिगेशन
सबै कुरा

देउखुरीमा बस दुर्घटना हुँदा २४ जना घाइते, केहिको अवस्था गम्भीर

काठमाडाैँ । देउखुरीमा बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । दुर्घटनामा घाइते मध्ये ७ जनालाई थप उपचारका लागि बाहिर रिफर गरिएको छ भने केहि घाइतेहरु डिस्चार्ज भैसकेको र केहीको लमही अस्पतालमा उपचार भैरहेको छ ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए । दुर्घटनामा दुबै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते र केही यात्रु समान्य घाइते रहेको प्रहरीले बताएको छ । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाईएको छ । दुर्घटना भएको जानकारी प्राप्त हुना साथ् वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको टोली उद्दारका लागि घटनास्थलमा पुगेको थियो लगत्तै सशस्त्र प्रहरीको टोली पनि पुगेर उद्दार गरेको थियो । 

Global Ime Bank

घाइते हुनेमा घोराही उपमहानगरपालिका– १५ निवासी वर्ष ५० का विनोद पौडेल, राप्ती गाउँपालिका–१ निवासी ८२ वर्षिय हुम बहादुर राना, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा, सोहि ठाउँ निवासी वर्ष ४७ का घनश्याम थापा, जिल्ला रुपन्देही देवदह नगरपालिका– ४ निवासी वर्ष ६३ का रुद्र प्रसाद पौडेल,  जिल्ला रुपन्देही  सैनामैना –४ का ५७ वर्षीय तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका– ३ निवासी सृष्टी खनाल, सोहि ठाउँ निवासी ५ वर्षिया अंशु नेपाल, बुटवल उपमहानगरपालिका– १० निवासी ४२ वर्षिया पार्वती अर्याल, रोल्पा जिल्ला थवाङ्ग गाउँपालेका–३ निवासी वर्ष ३१ का दीपेन्द्र बुढा मगर, दीपेन्द्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तु जिल्ला इमिलिया निवासी वर्ष ३४ की टिका विक, सोहि ठाउँ निवासी वर्ष ९ का निर्मल विक, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका– १ निवासी ६२ वर्षीय थम्मन विष्ट, गढवा गाउँपालिका– २ पचाहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–२ निवासी विश्व कुमारी थापा, लमही नगरपालिका–६ कहिरी निवासी ४० वर्षीय गोविन्द पाण्डे र भुरी गाउँ बर्दियाका डेढ वर्षिया गृष्मा थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिनु भयो । 


रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका– २ पचहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बसको पट्टा भाचिएर तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बससंग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय...
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।