नेभिगेशन
सबै कुरा

देउखुरीमा बस दुर्घटना हुँदा २४ जना घाइते, केहिको अवस्था गम्भीर

काठमाडाैँ । देउखुरीमा बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । दुर्घटनामा घाइते मध्ये ७ जनालाई थप उपचारका लागि बाहिर रिफर गरिएको छ भने केहि घाइतेहरु डिस्चार्ज भैसकेको र केहीको लमही अस्पतालमा उपचार भैरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए । दुर्घटनामा दुबै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते र केही यात्रु समान्य घाइते रहेको प्रहरीले बताएको छ । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाईएको छ । दुर्घटना भएको जानकारी प्राप्त हुना साथ् वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको टोली उद्दारका लागि घटनास्थलमा पुगेको थियो लगत्तै सशस्त्र प्रहरीको टोली पनि पुगेर उद्दार गरेको थियो । 

Ncell
Extreme Energy

घाइते हुनेमा घोराही उपमहानगरपालिका– १५ निवासी वर्ष ५० का विनोद पौडेल, राप्ती गाउँपालिका–१ निवासी ८२ वर्षिय हुम बहादुर राना, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा, सोहि ठाउँ निवासी वर्ष ४७ का घनश्याम थापा, जिल्ला रुपन्देही देवदह नगरपालिका– ४ निवासी वर्ष ६३ का रुद्र प्रसाद पौडेल,  जिल्ला रुपन्देही  सैनामैना –४ का ५७ वर्षीय तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका– ३ निवासी सृष्टी खनाल, सोहि ठाउँ निवासी ५ वर्षिया अंशु नेपाल, बुटवल उपमहानगरपालिका– १० निवासी ४२ वर्षिया पार्वती अर्याल, रोल्पा जिल्ला थवाङ्ग गाउँपालेका–३ निवासी वर्ष ३१ का दीपेन्द्र बुढा मगर, दीपेन्द्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तु जिल्ला इमिलिया निवासी वर्ष ३४ की टिका विक, सोहि ठाउँ निवासी वर्ष ९ का निर्मल विक, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका– १ निवासी ६२ वर्षीय थम्मन विष्ट, गढवा गाउँपालिका– २ पचाहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–२ निवासी विश्व कुमारी थापा, लमही नगरपालिका–६ कहिरी निवासी ४० वर्षीय गोविन्द पाण्डे र भुरी गाउँ बर्दियाका डेढ वर्षिया गृष्मा थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिनु भयो । 


रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका– २ पचहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बसको पट्टा भाचिएर तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बससंग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...