नेभिगेशन
सबै कुरा

बिस्का जात्रा बिथोल्ने प्रयास गर्नेको भिडियो चोकचोकमा सार्वजनिक गरिनुका साथै कडा कारबाही गर्ने प्रशासनको चेतावनी

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवाला सहभागी बैठकले निर्वाध जात्रा सम्पन्न गर्न विविध निर्णय गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभरि मदिरा बिक्री गर्ने पसल पूर्णरुपमा बन्द गराउने निर्णय भएको छ ।

Ncell
Extreme Energy

जात्रा सञ्चालन हुने मुख्य सडक र चोकमा ‘सिसी क्यामरा’ जडान गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । जात्रा बिथोल्नेलाई कडा कारबाही हुने चेतावनी दिँदै उनले भने, “हामीले गत वर्षको जात्रामा ढुङ्गा हान्दै गरेको भिडियो चोकचोकमा सार्वजनिक गरेका छौँ, जात्रा बिथोल्न खोज्ने भिडियोमा देखिन्छन्, यस वर्ष पनि भिडियो खिचेर  सार्वजनिक गर्छौं ।” 

बिस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने भएको छ ।  

बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रका तार, केबल र फाइबर नेटका केबल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने, जात्रा सञ्चालन हुने दिनमा नगरका सम्पूर्ण अस्पतालमा रहेका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका उपकरण तयारी अवस्थामा राख्ने तथा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ । चैत ३०, वैशाख १ र ५ गते भीड हुने स्थानमा नेपाल स्काउटबाट स्वयम्सेवक परिचालन गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...