नेभिगेशन
सबै कुरा

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा  बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन् । 

Global Ime Bank

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १० (सभामुखबाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सदस्य छन्  । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन्। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।
ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए।...