नेभिगेशन
सबै कुरा

नुहाउन गएकी बालिकाको भिरबाट लडेर मृत्यु

मुगु । मुगुमा घरबाट नुहाउन हिँडेकी १२ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्माकी भुमिका रोकायाको भिडबाट लडेर मृत्यु भएको हो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार बिहान अन्दाजी १०ः३० बजे कोठाबाट नुहाउनका लागि छायाँनाथ रारा नगरपालिका–२ स्थित चैनाखोला जाँदै गर्दा चैनभिरबाट करिब २० मिटर तल खसेको  अवस्थामा उनी भेटिएकी थिइन् । उनी लडेको खबर आउनासाथ उनको उद्धार गरी जिल्ला अस्पताल ठिनीमा उपचारको लागि पुर्याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले बताए ।

Ncell
Extreme Energy

मृतक भुमिकाका बाबु हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने आमा नन्दकला रोकाया सदरमुकाम गमगढीस्थित न्युरोडमा बसेर होटल व्यवसायी गर्दै आएकी छिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...