नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा दिने तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो । आज बस्ने प्रदेश सभाको चौथो अधिवेसनमा विश्वासको मत लिने कार्यसूची भएपनि आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछी संसद बैठकलाई सम्वोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वासको मत लिने र सरकारलाई जोगाईराख्ने कसरतमा मुख्यमन्त्री देखिएपनि साना राजनीतिक दलहरु पनि नयाँ राजनीतिक समिकरणको आधारमा सरकार बनाउने कसरतमा जुटेपछी सरकारले विश्वासको मत नपाउने अवस्था छ । मुख्यमन्त्री चौधरीले आफ्नो राजिनामा बारे नेपाली काङ्ग्रेस संसदीय दलको बैठकमा जानकारी गराएका छन्  । 

Ncell
Extreme Energy

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् । 

मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछी पनि बहुमत पु¥याउन सक्ने अवस्था देखिदैन । कांग्रेस, नागरिक उन्मुक्ती पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन् । नयाँ राजनीतिक समिकरणको आधारमा एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । लुम्बिनीमा माओवादीले सरकार बनाउनेगरी दलहरु संग छलफल अघि बढाएको छ । संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...