नेभिगेशन
सबै कुरा

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरिएको हो । 

आयोगले आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख ८६ हजार दुई सय २६ महिला, ९२ लाख दुई हजार पाँच सय ६९ पुरुष, अन्य एक सय ८८ गरी कूल एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ ।

Global Ime Bank

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार नौ सय ७३ पुरुष र तीन लाख ७६ हजार चार सय ११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार तीन सय ९० मतदाता तथा  सबैभन्दा कम मनाङमा तीन हजार पाँच सय ३० महिला र तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन् । गत वैशाख १० गते भएको निर्वाचनभन्दा यस पटक ८७ हजार चार सय १७ मतदाता थप भएका छन् ।

आशन्न उपननिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा क्रमशः चार सय २२ मतदाता थप भई एक लाख १५ हजार आठ सय ८९ मतदाता तथा बझाङ जिल्ला क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन ‘क’ मा ६ सय ३८ मतदाता थप भई ६१ हजार सात सय ४८ मतदाता कायम भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा जेसीबी दुघर्टना हुँदा एकको मृत्यु

उदयपुरमा जेसीबी दुघर्टना हुँदा एकको मृत्यु

दुर्घटनामा परी कटारी, १० का जेसीबी चालक (अपरेटर)२२ वर्षिय नबिन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयले कटारीले जनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।
रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठुलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ...
पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"