नेभिगेशन
सबै कुरा

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक उपलब्ध

बैतडी । बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताकहाँ पाठ्यपुस्तक पुगेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो । बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए  । बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन् । 

Ncell
Extreme Energy


कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन् । बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लैजाने गरेका छन् । सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकाशा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । 

शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठन गर्न सहज हुने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उहाँको भनाइ छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अभियानको पहिलो हप्ता विद्यार्थीले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम छ । वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीलाई विद्यालयमा पहुँच पु¥याउन घरदैलो अभियान सञ्चालन हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...