नेभिगेशन
सबै कुरा

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक उपलब्ध

बैतडी । बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताकहाँ पाठ्यपुस्तक पुगेको हो । 

पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो । बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए  । बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन् । 

Global Ime Bank


कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन् । बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लैजाने गरेका छन् । सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकाशा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । 

शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठन गर्न सहज हुने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उहाँको भनाइ छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अभियानको पहिलो हप्ता विद्यार्थीले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम छ । वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीलाई विद्यालयमा पहुँच पु¥याउन घरदैलो अभियान सञ्चालन हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठुलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ...
पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।