नेभिगेशन
सबै कुरा

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म  ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ ।

City Express

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उहाँहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । “यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ”, उनले भने ।

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी  स्टल रहने उहाँले जानकारी दिए ।

शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो ।

उद्योगलाई  २० हजार जरिवाना

यसैबीच, संयुक्त बजार अनुगमन टोलीले वीरगञ्जस्थित शक्तिमान बेकरी एण्ड फुड प्रडक्ट्सलाई रु २० हजार जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज पर्साका प्रमुख सुरेशकुमार सिंहको नेतृत्वको संयुक्त अनुगमन टोलीले  उद्योगभित्र सरसफाइमा लापर्वाही भएको र उत्पादित सामग्रीको उत्पादन तथा उपभोग गरिसक्नुपर्ने उल्लेख नभएको पाइएपछि जरिवाना गरिएको हो ।

उद्योगको मापदण्ड पूरा नगरेको र उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर लापर्वाही गरेको पाइएकाले २० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए ।

उक्त उद्योगले अनुगमन टोलीले मागअनुसारको आवश्यक कागजात र बिल देखाउन नसकेको र अनुगमनमा असहयोग गरेकोले जरिवाना गरी तीन दिनभित्र कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनल बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

मंगलवार दिउंसो उनले सिंहदरवार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरिक्षण गरेका हुन् । उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...