नेभिगेशन
सबै कुरा

दाङको देउखुरीमा ट्रकसमितिकाे अवैध चेक पाेइन्ट हटाइयो

दाङ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका अवैध चेक पोइन्ट तत्कालै हटाउने निर्णण गरिएकोछ । राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएका दुईवटा चेक पोइन्ट जिल्ला प्रशासन कार्यालय दाङले हटाउने निर्णय गरेको हो ।

पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ अमिलिया र गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराहीले दुइवटा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएको चेक पोइन्टलाई शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङमा विभिन्न मालबहाक ट्रकहरु ओभरलोड गरि संचालनमा आएको सम्बन्धमा जिल्लामा रहेका सिमेन्ट उद्योग लगायत ट्रक र टिप्पर जस्ता मालबहाक सवारी साधन व्यवसायीहरु बिच समन्वय बैठक बसि उक्त अवैध चेक पोइन्टहरु बन्द गर्ने निर्णण गरिएको हो ।

Global Ime Bank

त्यसैगरी बैठकले दाङ जिल्लामा भारको उद्गम स्थान भएका ट्रक र टिप्परहरुले ओभरलोड नगर्ने र गरेको पाइएमा प्रचलित नियम कानुन बमोजिम सिघ्र कार्वाही गर्ने निर्णण गरिएको छ । यस्तै मालबाहक साधनहरुको भार परिक्षण सम्बन्धी दोहोरो विलिङ् चलानी हुने गुनासो प्राप्त भएकोले यस सम्बन्धी थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङलाई पत्राचार गर्ने निर्णय गरिएको दाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तौल पुल धर्मकाटा भएका क्षेत्रबाट आवाजजावात मालबाहक साधनहरुको हकमा अनिवार्य रुपमा तौल पुलमा भारवहन गरि लोडसिट लिएको हुनुपर्ने, तौलपुल नभएका स्थानमा मालबाहक सवारी प्रस्थान हुने स्थानमानै तौलपुलमा भारवहन सिट लिएको हुनुपर्ने साथै मालबाहक सवारी नियम सम्बन्धी निर्देशिका २०७४ (संसोधन सहित) को पूर्ण पालना सुनिश्चता गर्ने गरि प्रचलित नियम विपरित संचालीत मालबाहक सवारी साधनको नियन्त्रण गर्ने निर्णण गरिएको हो ।

यस्तै बैठकले सबै ट्रक, टिप्पर व्यवसायी संघ, व्यवसायीहरुले भारहवन सम्बन्धी प्रचलित नियम कानुनहरुको पूर्णपरिपालना र उपरोत्त अनुसार निर्णयहरुको अक्षरस कार्यान्वयनको लागि ट्रक चालकहरुलाई परिक्षण गरिने निर्णण गरिएको हो ।

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराही दाङको चं.नं ४७ मिति २०७९÷१०÷१८ गते जानकारी सम्बन्धमा प्राप्त पत्राअनुसार समितिले जिल्लाको विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरि भारवहन सवारी साधान टिप्पर ट्रकहरुलाई चेकजाँच गर्नका लागि निम्ति स्थापना गरिएका चेक पोइन्ट गैरकानुनी भएकोले उक्त चेकपोइन्टहरु तुरुन्तै हटाइ उल्लेखित कार्यसम्बन्धीत निकायको समन्वयमा रहि कार्यान्वयन गर्ने निर्णय गरेको थियो तर, अहिलेसम्म राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले दुई चेक पोइन्टबाट काटाको भनेर ५० र पार्किङ् तथा लोड गराइएको वाफत टोकनको एकसय दश रुपैयाँ अवैध तवरले रकम असुलि गर्दै आएका थिए ।

यस विषयमा सञ्चारमाध्यममा समेत प्रमाण सहित समाचार बाहिरिँदा पनि जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्व चुप लागेर बस्छ भने अनेक शंका उत्पन्न हुन्छन् भन्ने ट्रक व्यवसायीहरुले विभिन्न आरोप लगाउदै आएका थिए । किन भने नियमन तथा कारबाही गर्ने निकाय प्रशासन नै मौन भएपछि सम्बन्धित निकायले चासो दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउनेसमेत जनाइए पनि तर कार्यान्वयन भने ठीक उल्टो भएको पाइएको हो । प्रावधानमा उल्लेख गरिएका शर्तहरुमा पूर्व पश्चिम राजमार्गमा चल्ने लामो दूरीका ट्रक र टिप्परबाट हाइवेमा बसेर शुल्क उठाउन नपाउने स्पष्ट शर्त भएता पनि समितिले दैनिक हजारौं रुपैयाँ असुल्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने दाबी समेत गरे । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरही नगरपालिका–७ मा आइतबार बिहान करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। श्रीपुर जाने बाटो नजिकैको ११ हजार भोल्ट क्षमताको विद्युत प्रसारण लाइनमा करेन्ट लाग्दा निर्माणकार्यमा संलग्न...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख...

भर्खरै