नेभिगेशन
सबै कुरा

दाङको देउखुरीमा ट्रकसमितिकाे अवैध चेक पाेइन्ट हटाइयो

दाङ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका अवैध चेक पोइन्ट तत्कालै हटाउने निर्णण गरिएकोछ । राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएका दुईवटा चेक पोइन्ट जिल्ला प्रशासन कार्यालय दाङले हटाउने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ अमिलिया र गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराहीले दुइवटा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएको चेक पोइन्टलाई शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङमा विभिन्न मालबहाक ट्रकहरु ओभरलोड गरि संचालनमा आएको सम्बन्धमा जिल्लामा रहेका सिमेन्ट उद्योग लगायत ट्रक र टिप्पर जस्ता मालबहाक सवारी साधन व्यवसायीहरु बिच समन्वय बैठक बसि उक्त अवैध चेक पोइन्टहरु बन्द गर्ने निर्णण गरिएको हो ।

Ncell
Extreme Energy

त्यसैगरी बैठकले दाङ जिल्लामा भारको उद्गम स्थान भएका ट्रक र टिप्परहरुले ओभरलोड नगर्ने र गरेको पाइएमा प्रचलित नियम कानुन बमोजिम सिघ्र कार्वाही गर्ने निर्णण गरिएको छ । यस्तै मालबाहक साधनहरुको भार परिक्षण सम्बन्धी दोहोरो विलिङ् चलानी हुने गुनासो प्राप्त भएकोले यस सम्बन्धी थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङलाई पत्राचार गर्ने निर्णय गरिएको दाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तौल पुल धर्मकाटा भएका क्षेत्रबाट आवाजजावात मालबाहक साधनहरुको हकमा अनिवार्य रुपमा तौल पुलमा भारवहन गरि लोडसिट लिएको हुनुपर्ने, तौलपुल नभएका स्थानमा मालबाहक सवारी प्रस्थान हुने स्थानमानै तौलपुलमा भारवहन सिट लिएको हुनुपर्ने साथै मालबाहक सवारी नियम सम्बन्धी निर्देशिका २०७४ (संसोधन सहित) को पूर्ण पालना सुनिश्चता गर्ने गरि प्रचलित नियम विपरित संचालीत मालबाहक सवारी साधनको नियन्त्रण गर्ने निर्णण गरिएको हो ।

यस्तै बैठकले सबै ट्रक, टिप्पर व्यवसायी संघ, व्यवसायीहरुले भारहवन सम्बन्धी प्रचलित नियम कानुनहरुको पूर्णपरिपालना र उपरोत्त अनुसार निर्णयहरुको अक्षरस कार्यान्वयनको लागि ट्रक चालकहरुलाई परिक्षण गरिने निर्णण गरिएको हो ।

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराही दाङको चं.नं ४७ मिति २०७९÷१०÷१८ गते जानकारी सम्बन्धमा प्राप्त पत्राअनुसार समितिले जिल्लाको विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरि भारवहन सवारी साधान टिप्पर ट्रकहरुलाई चेकजाँच गर्नका लागि निम्ति स्थापना गरिएका चेक पोइन्ट गैरकानुनी भएकोले उक्त चेकपोइन्टहरु तुरुन्तै हटाइ उल्लेखित कार्यसम्बन्धीत निकायको समन्वयमा रहि कार्यान्वयन गर्ने निर्णय गरेको थियो तर, अहिलेसम्म राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले दुई चेक पोइन्टबाट काटाको भनेर ५० र पार्किङ् तथा लोड गराइएको वाफत टोकनको एकसय दश रुपैयाँ अवैध तवरले रकम असुलि गर्दै आएका थिए ।

यस विषयमा सञ्चारमाध्यममा समेत प्रमाण सहित समाचार बाहिरिँदा पनि जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्व चुप लागेर बस्छ भने अनेक शंका उत्पन्न हुन्छन् भन्ने ट्रक व्यवसायीहरुले विभिन्न आरोप लगाउदै आएका थिए । किन भने नियमन तथा कारबाही गर्ने निकाय प्रशासन नै मौन भएपछि सम्बन्धित निकायले चासो दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउनेसमेत जनाइए पनि तर कार्यान्वयन भने ठीक उल्टो भएको पाइएको हो । प्रावधानमा उल्लेख गरिएका शर्तहरुमा पूर्व पश्चिम राजमार्गमा चल्ने लामो दूरीका ट्रक र टिप्परबाट हाइवेमा बसेर शुल्क उठाउन नपाउने स्पष्ट शर्त भएता पनि समितिले दैनिक हजारौं रुपैयाँ असुल्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
बिरामी आमा छाडेर खटिएँ उद्धारमा

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका...
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।