नेभिगेशन
समाज

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिले आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए।

Ncell
Extreme Energy

ठूला देशले गरेका गल्तीको असर नेपालजस्ता साना देशले व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताए।

यसका लागि संयुक्त राष्ट्रसङ्घमा नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उनले बताए।

कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित १३ हजार ३९६ को उद्धार

भोटेकोशी बाढीबाट प्रभावित १३ हजार ३९६ को उद्धार

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ ।
प्रधानमन्त्री बालेनले भने– सुशासन कायम हुने नै छ

प्रधानमन्त्री बालेनले भने– सुशासन कायम हुने नै छ

प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन्।