नेभिगेशन
समाज

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

वीरगञ्ज (पर्सा) । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ । पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।

Marvel
Extreme Energy

समय तालिकाअनुसार जिल्लाबाट मनोनित गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गते आइतबारसम्म केन्द्रमा आइपुग्नुपर्नेछ । त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने भदौ ३० गते मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ । भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने अध्यक्ष सर्राफले जानकारी दिए । 

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने असोज ३ गते उम्मेदवारमाथि दाबी विरोधको समय तोकिएको छ ।

असोज ४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । महाधिवेशनअघि असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम रहेको अध्यक्ष सर्राफले जानकारी दिए । 

असोज १० गते शनिबार महाधिवेशनसँगै मतदान सम्पन्न गरी असोज ११ गते मतगणना तथा परिणाम घोषणा गरिने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै