नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम शुक्रबार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

महराले ४८ जनाको हस्ताक्षरसहित दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

Global Ime Bank


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए। उनले बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए । फागुन २१ गते एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी सरकार संकटमा परेको थियो ।

नयाँ गठबन्धन बनेपछि चौधरीले गत फागुन २३ गते नेकपा माओवादी केन्द्रबाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई बर्खास्त गरेका थिए । अर्थ र सहरी विकास मन्त्री रहेका दुवै जनालाई बर्खास्त गरेसँगै त्यहाँको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो । त्यससँगै मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए ।

यस्तोमा मुख्यमन्त्री चौधरीसँग विश्वासको मत लिने या राजीनामा दिने दुई विकल्प थिए । उनले संसद्को फेस नगरी पद त्यागेका हुन्। यसअघि बिहीबार नै लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका थिए ।

जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका आहिरले पदबाट राजीनामा दिएसँगै चौधरीको संकट बढेको थियो । नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि अहिरले राजीनामा दिएका थिए ।

२०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १९ गते विश्वासको मत लिएका थिए । चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने दाबी समेत गरे । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरही नगरपालिका–७ मा आइतबार बिहान करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। श्रीपुर जाने बाटो नजिकैको ११ हजार भोल्ट क्षमताको विद्युत प्रसारण लाइनमा करेन्ट लाग्दा निर्माणकार्यमा संलग्न...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख...

भर्खरै