नेभिगेशन
सबै कुरा

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु आदेश जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले  विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ  ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ । 

Global Ime Bank

यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिती सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने दाबी समेत गरे । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरही नगरपालिका–७ मा आइतबार बिहान करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। श्रीपुर जाने बाटो नजिकैको ११ हजार भोल्ट क्षमताको विद्युत प्रसारण लाइनमा करेन्ट लाग्दा निर्माणकार्यमा संलग्न...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख...

भर्खरै