नेभिगेशन
सबै कुरा

भ्रामक समाचारमार्फत चरित्र हत्या गरेको भन्दै निकिता पौडेलले हालिन् आधा दर्जन मिडियालाई मुद्दा

काठमाडौँ । नारी टिभीकी सञ्चालक निकिता पौडेलले आफ्ना बारेमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै समाचार संस्थाविरुद्ध उजुरी दिएकी छिन् । जिल्ला अदालत काठमाडौँमा लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नागरिक दैनिक, कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर, उकेरा, जनआस्था लगायत सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । 

Ncell
Extreme Energy

साथै उनले आवश्यक कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएकी छिन् । पौडेल उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी हुन् । उनले तिरीसकेको ऋण बारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरीत्र हत्या गरेको उल्लेख गरेकी छिन् । 

पौडेलले आफूले तिरी सकेको ऋणलाई लिएर ठग करार गर्ने गरि पुरुष मिडिया उद्यमीहरुले आफ्नो चरित्र  गरेको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन् 'एउटी महिला उध्यामीलाई सारा पुरुष मिडिया उध्यमी मिलेर ,तिरी सकेको ऋण बारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरीत्र हत्या गरेको सहेर बस्नु मेरो आत्मसम्मानले कदापी दिदैन'। 

'त्यसैले म न्याय माग्न, प्रेस काउन्सिल र  अदालत गएकि छु। मलाई यो पनि भनिएको छ  यति ठुला मिडियाका विरुद्ध मुद्दा हाल्न आटै गरिदैन, मुद्दा  परे पनि फैसला छिटो गर्ने आटै गरिदैन, फैसला भैहाले पनि उसका बिरुद्द्मा फैसला आउन गार्‍हो हुन्छ, फैसला आए  पनि क्षतिपूर्ति एकदमै कम पाइन्छ । थप मलाई यो पनि भनिएको छ कि मिडियालाई मुद्दा हाल्दा तिम्रो श्रीमानको राजनीति लाई नै ठूलो धक्का दिइनेछ, तिमीहरूलाई झन गार्‍हो बनाइनेछ। उल्टै घाटा नै घाटा हुन्छ'। 

आजिवन कमाएको प्रतिष्ठामा असर पार्नेगरि चरीत्र हत्या गर्ने मिडियाले आफ्नो प्रतिक्रिया समेत नसोधेको भन्दै पौडेलले सर्वस्व सकिए पनि न्याय मागेरै छाड्ने बताएकी छिन् । उनले लेखेकी छिन्, 'सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु। मलाई मेरो देशको न्यायालय र न्यायमुर्ती प्रती भगवान जत्तिकै विश्वास छ।  मैले आजिवन दुख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रिया समेत नसोधी ठाडै चरीत्र हत्या गर्ने लाइसेन्स उनीहरु लाई कसले दियो'? 

जे लेखेपनि सजायको भागेदार नहुन प्रवृतीको अन्त्यका लागि आफू कानुनी प्रक्रिया लागेको बताउँदै पौडेलले लेखेकि छिन्,'एउटी नारी माथी  सबैले मिलेर  देखाएको यो पुरुषार्थलाईू मेरो चुनौती छ।  न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिङ्गो समाजलाई नै न्याय चाहिएको छ। तिमीहरु आफ्नो  पुरुषार्थ देखाउदै गर्नु, म अदालत तिर लागे '।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
बिरामी आमा छाडेर खटिएँ उद्धारमा

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका...
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।