नेभिगेशन
सबै कुरा

भ्रामक समाचारमार्फत चरित्र हत्या गरेको भन्दै निकिता पौडेलले हालिन् आधा दर्जन मिडियालाई मुद्दा

काठमाडौँ । नारी टिभीकी सञ्चालक निकिता पौडेलले आफ्ना बारेमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै समाचार संस्थाविरुद्ध उजुरी दिएकी छिन् । जिल्ला अदालत काठमाडौँमा लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् । 

उनले नागरिक दैनिक, कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर, उकेरा, जनआस्था लगायत सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । 

Global Ime Bank

साथै उनले आवश्यक कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएकी छिन् । पौडेल उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी हुन् । उनले तिरीसकेको ऋण बारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरीत्र हत्या गरेको उल्लेख गरेकी छिन् । 

पौडेलले आफूले तिरी सकेको ऋणलाई लिएर ठग करार गर्ने गरि पुरुष मिडिया उद्यमीहरुले आफ्नो चरित्र  गरेको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन् 'एउटी महिला उध्यामीलाई सारा पुरुष मिडिया उध्यमी मिलेर ,तिरी सकेको ऋण बारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरीत्र हत्या गरेको सहेर बस्नु मेरो आत्मसम्मानले कदापी दिदैन'। 

'त्यसैले म न्याय माग्न, प्रेस काउन्सिल र  अदालत गएकि छु। मलाई यो पनि भनिएको छ  यति ठुला मिडियाका विरुद्ध मुद्दा हाल्न आटै गरिदैन, मुद्दा  परे पनि फैसला छिटो गर्ने आटै गरिदैन, फैसला भैहाले पनि उसका बिरुद्द्मा फैसला आउन गार्‍हो हुन्छ, फैसला आए  पनि क्षतिपूर्ति एकदमै कम पाइन्छ । थप मलाई यो पनि भनिएको छ कि मिडियालाई मुद्दा हाल्दा तिम्रो श्रीमानको राजनीति लाई नै ठूलो धक्का दिइनेछ, तिमीहरूलाई झन गार्‍हो बनाइनेछ। उल्टै घाटा नै घाटा हुन्छ'। 

आजिवन कमाएको प्रतिष्ठामा असर पार्नेगरि चरीत्र हत्या गर्ने मिडियाले आफ्नो प्रतिक्रिया समेत नसोधेको भन्दै पौडेलले सर्वस्व सकिए पनि न्याय मागेरै छाड्ने बताएकी छिन् । उनले लेखेकी छिन्, 'सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु। मलाई मेरो देशको न्यायालय र न्यायमुर्ती प्रती भगवान जत्तिकै विश्वास छ।  मैले आजिवन दुख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रिया समेत नसोधी ठाडै चरीत्र हत्या गर्ने लाइसेन्स उनीहरु लाई कसले दियो'? 

जे लेखेपनि सजायको भागेदार नहुन प्रवृतीको अन्त्यका लागि आफू कानुनी प्रक्रिया लागेको बताउँदै पौडेलले लेखेकि छिन्,'एउटी नारी माथी  सबैले मिलेर  देखाएको यो पुरुषार्थलाईू मेरो चुनौती छ।  न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिङ्गो समाजलाई नै न्याय चाहिएको छ। तिमीहरु आफ्नो  पुरुषार्थ देखाउदै गर्नु, म अदालत तिर लागे '।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने दाबी समेत गरे । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरही नगरपालिका–७ मा आइतबार बिहान करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। श्रीपुर जाने बाटो नजिकैको ११ हजार भोल्ट क्षमताको विद्युत प्रसारण लाइनमा करेन्ट लाग्दा निर्माणकार्यमा संलग्न...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख...

भर्खरै