नेभिगेशन
सबै कुरा

सहकारीबाट मेरै २३ लाख उठेको छैन, उठाईदिनेलाई उपहार दिन्थेँ : मन्त्री अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सहकारीबाट आफ्नै रकम नउठेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो फसेको रकम उठाइदिनेलाई केही रकम उपहार स्वरुप दिने घोषणा समेत गरे । 

अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा आफू उपाध्यक्ष रहेको कुरा सत्य भएको बताउँदै आफ्नो रकम फिर्ता गराईदिन आग्रह गरे । ‘२३ लाख रुपैयाँ लागानी गरेको छु त्यो सहकारीमा । म ठगिएको छु । मलाई २३ लाख लाख उठाइदिए हुन्थ्यो ।’ मन्त्री अर्यालले भने, ‘बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले रकम उठाईदिए बरु उहाँहरुलाई पनि अली अली दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुलाई उपहार स्वरुप २÷३ लाख दिन्थेँ ।’

Global Ime Bank

मन्त्री अर्यालका  अनुसार उनी २०७८ साल मंसिरमा हाम्रो नयाँ कृषि सहकारीमा आवद्ध भएका थिए । उनले आफूलाई उक्त सहकारीको उद्देश्य राम्रो लागेकाली १ करोड लगानी इच्छुक समेत भएको बताएका छन् । ‘कोभिडको समयमा यो देशमा कृषिमा अत्याधिक धेरै आयत हुने देखेर कृषि क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर नेतृत्व गर्ने क्षमता लिएर त्यहाँ गएको हो’, अर्यालले भने, ‘एक करोड लगानी गर्ने तयारीमा थिएँ । एक किस्ता २३ लाख रुपैयाँ लगानी गरेँ । मैले एक महिना अध्ययन गरेँ । संस्थाको र्दिघकालिन फाइदाको लागि ७० पृष्ठ लामो प्रपोजल लिएर गएँ । तर साथीहरुले मलाई नेतृत्व दिन आनाकानी गर्नुभयो । तर नेतृत्व गर्न नपाएपछि पुष ११ गते राजिनामा गरेँ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो, अब कर्णाली करिडोर चीन र भारतसँगको व्यापारिक मार्ग बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने दाबी समेत गरे । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरहीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, स्थानीयको विरोध

महोत्तरीको औरही नगरपालिका–७ मा आइतबार बिहान करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। श्रीपुर जाने बाटो नजिकैको ११ हजार भोल्ट क्षमताको विद्युत प्रसारण लाइनमा करेन्ट लाग्दा निर्माणकार्यमा संलग्न...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख...

भर्खरै