नेभिगेशन
सबै कुरा

सहकारीबाट मेरै २३ लाख उठेको छैन, उठाईदिनेलाई उपहार दिन्थेँ : मन्त्री अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सहकारीबाट आफ्नै रकम नउठेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो फसेको रकम उठाइदिनेलाई केही रकम उपहार स्वरुप दिने घोषणा समेत गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा आफू उपाध्यक्ष रहेको कुरा सत्य भएको बताउँदै आफ्नो रकम फिर्ता गराईदिन आग्रह गरे । ‘२३ लाख रुपैयाँ लागानी गरेको छु त्यो सहकारीमा । म ठगिएको छु । मलाई २३ लाख लाख उठाइदिए हुन्थ्यो ।’ मन्त्री अर्यालले भने, ‘बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले रकम उठाईदिए बरु उहाँहरुलाई पनि अली अली दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुलाई उपहार स्वरुप २÷३ लाख दिन्थेँ ।’

Ncell
Extreme Energy

मन्त्री अर्यालका  अनुसार उनी २०७८ साल मंसिरमा हाम्रो नयाँ कृषि सहकारीमा आवद्ध भएका थिए । उनले आफूलाई उक्त सहकारीको उद्देश्य राम्रो लागेकाली १ करोड लगानी इच्छुक समेत भएको बताएका छन् । ‘कोभिडको समयमा यो देशमा कृषिमा अत्याधिक धेरै आयत हुने देखेर कृषि क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर नेतृत्व गर्ने क्षमता लिएर त्यहाँ गएको हो’, अर्यालले भने, ‘एक करोड लगानी गर्ने तयारीमा थिएँ । एक किस्ता २३ लाख रुपैयाँ लगानी गरेँ । मैले एक महिना अध्ययन गरेँ । संस्थाको र्दिघकालिन फाइदाको लागि ७० पृष्ठ लामो प्रपोजल लिएर गएँ । तर साथीहरुले मलाई नेतृत्व दिन आनाकानी गर्नुभयो । तर नेतृत्व गर्न नपाएपछि पुष ११ गते राजिनामा गरेँ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...