नेभिगेशन
सबै कुरा

दुध किन्न गएका १३ वर्षीय बालकको ट्रयाक्टरको ठक्करबाट मृत्यु

रौतहट ।  राैतहटकाे गुजरा नगरपालिकामा ट्रयाक्टरको ठक्करबाट दुध लिन गएका १३ वर्षीय बालकको मृत्यु भएको छ । गुजरा नपा ४ मुस्लिम टोल स्थित मामाघरमा बस्दै आएका शेख हसमुल्लाको १३ बर्षिया छोरा शेष सहनवाजको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनसरबाट जंगलसैया तर्फ आउने क्रममा ना ७ त ७५७ नम्बरको ट्रयाक्टरले साइकलबाट बाटो काट्ने क्रममा सहनवाजलाई ठक्कर दिएको थियो । आज बिहान ७ : १५ बजेको समयमा ठक्कर दिँदा सहनवाजकाे टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारको लागि चन्द्रपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

Ncell
Extreme Energy


बालकको मृत्युपछि आफन्त र स्थानीयले युवकको शवलाई घटनास्थलमा ल्याएर जंगलसैया धन्सार  सडकलाई अवरुद्ध बनाएका छन् ।

घटनास्थालमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।ट्रयाक्टर चालक गुजरा ९ अम्तवाका मुर्जामुल मिया मन्सुरीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...