नेभिगेशन
सबै कुरा

तीन हप्तायता शल्यक्रिया सेवा बन्द हुँदा सेवाग्राही हैरान

२२ भदौ, बर्दिबास - बर्दिबास अस्पतालमा प्रसूतिका लागि  गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल धाउनुपर्ने हैरानी भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन सातायता सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई  चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीबि  परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विक बताउँछिन् ।

Ncell
Extreme Energy

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले  यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो । साउनमा शल्यक्रियाबाट सुत्केरी गराइएकामध्ये १० जनामा सङ्क्रमण देखिएकाले तत्काल यो सेवा बन्द गरिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ तर शल्यक्रिया गरिनुपर्ने बाहेक अन्य सेवा भने यथावत रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जन बताउँछन् ।

‘शल्यक्रिया गरिएका सुत्केरी आमामा सङ्क्रमण देखिन थाल्यो, त्यसैले त्यसको निदानपछि फेरि सेवा सुरु गर्नेगरी तत्काललाई शल्यक्रिया रोकिएको हो’, उनले भने । अस्पतालले गत साउनमा मात्रै दुई सयभन्दा बढी महिलालाई प्रसूति सेवा दिएकामा ८० जनाको शल्यक्रिया  गरिएको थियो । शल्यक्रिया गरिएकामध्येकै आठ देखि दश जनामा सङ्क्रमण  देखिएपछि भदौ १ गते देखि यो सेवा रोकिएको डा. महर्जनले बताए ।

शल्यक्रिया गरिएकामा सङ्क्रमण देखिन थालेपछि शल्यक्रिया कक्षको पानी  र  सुत्केरी सुताइने श्ययाको स्वाब परीक्षण गरिँदा जीवाणु भेटिएपछि उक्त सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।  शल्यक्रियाकक्ष साँघुरो कोठामा सञ्चालन गरिएको र सरसफाइमा राम्रो ध्यान नदिँदा सुत्केरीमा सङ्क्रमण बढेको सर्वसाधारण बताउँछन् । 

‘अस्पतालले एकपछि अर्को सेवा थप्दै लगेपछि अब सरकारी अस्पतालमै राम्रो उपचार पाइने आश जागेको थियो’, अस्पताल नजिकैकी एक गृहिणी भन्छिन्, ‘तर अस्पतालको भर देखिएन ।’

साँघरो ठाउँमा आवश्यक सावधानी र सुरक्षाका उपाय अवलम्बनमा लापरवाही गरिँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । साथै सङ्क्रमण बढ्नुको कारण र यसमा भएको लापरवाहीको खोजी गरि आवश्यक कारबाही गर्नुपर्ने सर्वसाधारणको माग छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...