नेभिगेशन
सबै कुरा

आगो निभाउने गएका १६ सैनिक घाइते, ४ जना सिकिस्त

डोल्पा । आइतवार दिउँसोदेखि लागेको आगलागीमा परी नेपाली सेनाका ४ सैनिक गम्भिर घाइते भएका छन् । डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुलीभेरी नगरपालिका ३  स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । अन्य १२ सैनिक भने सामान्य घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा नआएपछि डोल्पाकै देविदत्त गुल्म भदालेचौर दुनैमा रहेका सैनिकहरु आगो नियन्त्रणमा खटिएका थिए । तर हावाहुरीले स्थित नियन्त्रणबाहिर गएपछि उनीहरुलाई समेत आगोले पोलेको हो । उक्त गुल्मबाट खटिएका १६ सैनिकमध्ये १२ जनालाई सामान्य चाेट लागेकाे र ४ जना भने गम्भिर घाइते भएको जनाइएको छ । 

Ncell
Extreme Energy

गम्भीर घाइते हुनेमा वर्ष ३० का प्युठ विजय कोईराला , वर्ष ३८ का जमदार केसर बहादुर जर्दा मगर , वर्ष २३ का सिपाही अशिस बुढा र बर्ष २८ का सिपाही हेमन्त रावत रहेका छन् । उनीहरुको उद्धार गरी जिल्ला अष्पताल दुनैमा उपचार भइरहेको छ  । 

त्यस्तै उनीहरुको अवस्था गम्भिर भएका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो । 

उता आगलागी भने अझै नियन्त्रणमा आउन सकेको छ्रैन । सेनाको ब्यारेक क्षेत्रको फोहोर जलाउने क्रममा आगो जंगलमा सल्किएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...