नेभिगेशन
सबै कुरा

निषेधित क्षेत्र ताेडेपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।  

Ncell
Extreme Energy

प्रदर्शनका क्रममा आफ्ना केही कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले जनाएको छ । राप्रपा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको रुपमा रहेको छ । 

प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा केही असहज भएको देखिन्थ्यो । सिंहदरबार अगाडिको मुख्य सडकमा झण्डै दुई घण्टादेखि सवारीसाधन चलेका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
बिरामी आमा छाडेर खटिएँ उद्धारमा

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका...
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।