नेभिगेशन
सबै कुरा

कांग्रेसलाई गृहमन्त्री रविको प्रस्ताव : ४७ सालपछिका सबै काण्डको छानबिन गर्न स्वतन्त्र समिति बनाऔँ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २०४७ सालपछिका सबै भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार कांग्रेसको अवरोधका प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै गृहमन्त्री लामिछानेले सबै काण्डहरुको छानबिन गर्न स्वतन्त्र समिति बनाउने प्रस्ताव गरेका हुन् ।  

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । कांग्रेसले आफ्नो अडान नछोडेपछि सभाुमुखले आजका लागि बैठक स्थगित गरेका थिए ।  

Global Ime Bank

‘४७ सालपछिका सबै भ्रष्टाचारका काण्डहरुको अझ स्वतन्त्र ढंगले बृहत छानबिन गरौँ । सरकारको न्युनतम साझा कार्यक्रममा पनि हामीले कुनैपनि कालखण्डका भ्रष्टाचारका विषय छानबिन गर्ने भनिसकेका छौँ ।’ गृहमन्त्री लामिछानेले भने, ‘उद्देश्य यो देशलाई भ्रष्टाचारमुक्त गराउने हो भने, अनियमितताबाट मुक्त गराउने हो भने साँच्चै त्यसमा प्रतिवद्धता हो भने आउनहोुस् न त, बृहत स्वतन्त्र छानबिन समिति गठन गरौँ ।  जसले ४७ सालदेखि आजसम्मका हरेक काण्डहरुको छानबिन गर्छ । काण्डैकाण्डको थुप्रोभित्र बसेर, तिनै काण्डहरुबाट वाक्क भएर आएका हामीलाई यस्ता धेरै गफहरुमा खासै विश्वास लाग्दैन ।’

साथै गृहमन्त्री लामिछानेले आरोप लाग्नेवित्तिकै सांसद वा मन्त्री पदबाट राजीनामा दिन सबै सहमत हो भने आफूहरु पनि सहमत रहेको बताएका छन् । ‘दोबाटोमा उठेका हरेक कुराको समिति बनाउने हो पनि हुन्छ बनाऔँ । प्रश्न उठ्नेवित्तिकै सांसद मन्त्रीले राजीनामा दिउँ, भनेका छौँ त हामीले । एउटै कुरा एउटै प्रश्न सय चोटी गर्दैमा त्यो सय ओटा प्रश्न बन्दैन । त्यो एउटै कुरा हो ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...
राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार, चौधरीले आइतबार नै राजीनामा दिने योजना बनाएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली हुम्लामा बेली ब्रिज उद्घाटन कार्यक्रममा सहभागी हुन गएकाले समय मिलेन।...
भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७...