नेभिगेशन
सबै कुरा

कांग्रेसलाई गृहमन्त्री रविको प्रस्ताव : ४७ सालपछिका सबै काण्डको छानबिन गर्न स्वतन्त्र समिति बनाऔँ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २०४७ सालपछिका सबै भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार कांग्रेसको अवरोधका प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै गृहमन्त्री लामिछानेले सबै काण्डहरुको छानबिन गर्न स्वतन्त्र समिति बनाउने प्रस्ताव गरेका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । कांग्रेसले आफ्नो अडान नछोडेपछि सभाुमुखले आजका लागि बैठक स्थगित गरेका थिए ।  

Ncell
Extreme Energy

‘४७ सालपछिका सबै भ्रष्टाचारका काण्डहरुको अझ स्वतन्त्र ढंगले बृहत छानबिन गरौँ । सरकारको न्युनतम साझा कार्यक्रममा पनि हामीले कुनैपनि कालखण्डका भ्रष्टाचारका विषय छानबिन गर्ने भनिसकेका छौँ ।’ गृहमन्त्री लामिछानेले भने, ‘उद्देश्य यो देशलाई भ्रष्टाचारमुक्त गराउने हो भने, अनियमितताबाट मुक्त गराउने हो भने साँच्चै त्यसमा प्रतिवद्धता हो भने आउनहोुस् न त, बृहत स्वतन्त्र छानबिन समिति गठन गरौँ ।  जसले ४७ सालदेखि आजसम्मका हरेक काण्डहरुको छानबिन गर्छ । काण्डैकाण्डको थुप्रोभित्र बसेर, तिनै काण्डहरुबाट वाक्क भएर आएका हामीलाई यस्ता धेरै गफहरुमा खासै विश्वास लाग्दैन ।’

साथै गृहमन्त्री लामिछानेले आरोप लाग्नेवित्तिकै सांसद वा मन्त्री पदबाट राजीनामा दिन सबै सहमत हो भने आफूहरु पनि सहमत रहेको बताएका छन् । ‘दोबाटोमा उठेका हरेक कुराको समिति बनाउने हो पनि हुन्छ बनाऔँ । प्रश्न उठ्नेवित्तिकै सांसद मन्त्रीले राजीनामा दिउँ, भनेका छौँ त हामीले । एउटै कुरा एउटै प्रश्न सय चोटी गर्दैमा त्यो सय ओटा प्रश्न बन्दैन । त्यो एउटै कुरा हो ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...