नेभिगेशन
सबै कुरा

बझाङ उपनिर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

बझाङ । बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो ।

Ncell
Extreme Energy

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का दमन भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, माओवादी केन्द्रका जनक बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, जनमत पार्टीका सुशीला विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर र राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापालाई छुट्टाछुट्टै निर्वाचन चिह्न प्रदान गरिएको छ ।

आगामी वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । बझाङमा विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।