नेभिगेशन
सबै कुरा
इद–उल–फित्र (ईद) :

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै मनाइयो ‘इदउलफित्र’ (तस्विरहरु)

काठमाडाैँ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक महिनासम्म सञ्चालन भएको  यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ ।

Ncell
Extreme Energy


निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाश चियाउने तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।


शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने विश्वास गरिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

सुख, शान्ति र समृद्धिका लागि एत्तकाब

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको २० औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिना तीन भागमा विभाजित हुन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजा पछि सुरु हुने तेस्रो आसरा हो । नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन रही आएको छ ।

विराटनगर महानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरका अनुसार “यो एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुुख शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो।”

एत्तकाबमा बस्ने मानिसहरुले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन् ।


विराटनगर बुधहाट जामे मस्जिदमा एत्तकाबमा बस्ने मोहम्मद एजहारुल, हाजी कमर आलम, अब्दुल कादिर पनि एत्तकाबमा बसेका छन् ।

इदउलफित्र

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउलफित्र’ मनाइरहेका छन् । ‘इदउलफित्र’को नमाज मुस्लिमहरुले कोही मस्जिदमा त कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न परिकार बनाएर खाने गर्दछन् । रमजान महिना उर्दू क्यालेण्डरअनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिदअर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यसअन्तर्गत हैसियत हुने मुस्लिमहरुले ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । कुरानमा नै हैसियत हुनेहरुले मक्का जानुपर्दछ भन्ने उल्लेख गरिएअनुसार मुसलमानहरु यसरी मक्का जाने गर्दछन् ।

फितरा र जकात

रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो सात सय ५० ग्राम गहुँको मूल्य बराबर फित्तराको रुपमा निकाल्नुपर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला)मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’ को नमाज पढ्नुभन्दा पहिले नै निकाली सक्नुपर्छ । अनिमात्र उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ ।

जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नुपर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरुमा लागू हुन्छ ।


तराबी नमाज

रमजान महिनामा मुस्लिमले नियमितरुपमा दिनमा पाँच पटक पढ्ने नमाजसँगै तराबी नमाज (विशेष नमाज) पढ्ने गर्दछन् । तराबी नमाज धार्मिक ग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लै दिनबाट तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरुले उपहार दिने चलन छ ।


अनुभव

इटहरी इन्टरनेसनल कलेजमा आइटी प्रथम वर्षमा अध्ययनरत २० वर्षीय मोहम्मद अर्ज अलीले रोजा बस्दा मुस्लिम भएको गर्व महसुस हुने सुनाउँछन् । उनले लगभग १६ घण्टा निराहर बस्नुपर्ने यो र पर्वमा रोजा बस्दा कष्ट भए पनि जीवनमा आनन्द प्राप्त भएको र आफूले ११ वर्षको उमेरदेखि नै प्रत्येक वर्षको रोजा व्रत पूरा गर्दै आएको जनाए ।

मोरङ बूढीगङ्गा गाउँपालिकाको पोठिया निवासी ९ वर्षीया फातिमा हबिवाले यो वर्ष एक र गएको वर्ष पनि एक रोजा बसेको सुनाए । रोजा बस्दा भोक त लागेन र तिर्खा धेरै लाग्ने गरेको अनुभव सुनाए ।


‘मेरो बुबा हाफिज र मौलान दुवै हुनुहुन्छ उहाँले सधैँ कुरान पाठ गर्नुहुन्छ । अर्बी भाषामा भएकाले यसको अर्थ मैले नबुझे पनि मस्लिमले पढ्नुपर्ने ग्रन्थ भएको बुबा सलमान मिफताहीले सुनाउनुहुन्छ’, उनले भने । 

इदको दिन नयाँ लुगा र समुदायमा पाक्ने परिकारका बास्नाले झन रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारको अनुभव छ । उनले आजको दिनमा आम मानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्दै अल्लाहसँग प्रार्थना पनि गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...