नेभिगेशन
सबै कुरा

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडाैँ । बैंशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ बर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरुले जनाएका छन् ।

Ncell
Extreme Energy

आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालिन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरुको भनाइ छ । ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरुले भने पूर्णकालिन व्यवसाय सञ्चालन गर्न पाउने छैनन् ।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालिन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए । ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उनले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवस्या सञ्चालन गर्ने धारणा राखे ।

त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालिन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारिहरुलाई व्यवसायको थप वातावरण बनेको बताए । उनले पूर्णकालिन व्यवसायका लागि आवश्यक सुरक्षा लगायतका विषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गरे । 

ठमेल र दरबारमार्ग लगाएतका क्षेत्रमा पूर्णकालिन व्यवसाय गर्ने बिषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसंग छलफल गरेका थिए । प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...