नेभिगेशन
सबै कुरा

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडाैँ । बैंशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ । 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ बर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरुले जनाएका छन् ।

Global Ime Bank

आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालिन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरुको भनाइ छ । ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरुले भने पूर्णकालिन व्यवसाय सञ्चालन गर्न पाउने छैनन् ।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालिन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए । ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उनले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवस्या सञ्चालन गर्ने धारणा राखे ।

त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालिन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारिहरुलाई व्यवसायको थप वातावरण बनेको बताए । उनले पूर्णकालिन व्यवसायका लागि आवश्यक सुरक्षा लगायतका विषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गरे । 

ठमेल र दरबारमार्ग लगाएतका क्षेत्रमा पूर्णकालिन व्यवसाय गर्ने बिषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसंग छलफल गरेका थिए । प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा...
अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

उपभोक्ता अदालतको फैसलाबिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।
नरेन्द्रको परिवारलाई अन्याय हुन दिन्नँ: नगर प्रमुख श्रेष्ठ

नरेन्द्रको परिवारलाई अन्याय हुन दिन्नँ: नगर प्रमुख श्रेष्ठ

विद्यालयमै काम गर्दा दृष्टिविहीन भएका नरेन्द्र धमलाको परिवारलाई अन्याय हुन नदिने कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताएका छन् । केही दिन अघि मात्र सिधाकुरा डटकमले विद्यालयमै काम गर्दा...
जन्मदिनमा शुभकामना दिन पुगेका सर्वसाधारण भेट्दै पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरु)

जन्मदिनमा शुभकामना दिन पुगेका सर्वसाधारण भेट्दै पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरु)

शुभकामना दिन पुगेका नागरिकसँग पूर्वराजाले हात मिलाउँदै धन्यवाद व्यक्त गरे। शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा केही राजावादी समर्थकहरूले राष्ट्रिय झन्डा र फुलमालासहित स्वागत गरेका थिए।