नेभिगेशन
सबै कुरा

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

डोल्पा ।  जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

Global Ime Bank

गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताए।  

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए। 

गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक...
जुन दलको नेतामाथि औँला उठेको छ, त्यही दलले कुलिङ पिरियड छानबिनको नेतृत्व गर्न मिल्दैनः रास्वपा

जुन दलको नेतामाथि औँला उठेको छ, त्यही दलले कुलिङ पिरियड छानबिनको नेतृत्व गर्न मिल्दैनः रास्वपा

‘त्यस सम्बन्धी विशेष छानबिन समिति बन्दै छ भन्ने कुरा थाहा पायौँ । संसदीय अभ्यासमा त्यसमा हाम्रो सहमति र सहभागिता पनि रहनेछ ।’ गठबन्धनमा सहभागी दललाई दुई ओटा कुरा...
डाक्टरहरुको आन्दोलनले बिरामीको बिजोग (तस्बिरहरु)

डाक्टरहरुको आन्दोलनले बिरामीको बिजोग (तस्बिरहरु)

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार आफ्नो ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...

भर्खरै