नेभिगेशन
सबै कुरा

नयाँ वर्षका दिन उत्सवमय चहलपहल

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् । 

Extreme Energy
citizen life

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ । 

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ ।

  आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ । भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल तथा रेष्टुराँमा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

   नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकोले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेको मिठाई

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गरे  । उनले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गरे । 

सो अवसरमा उहाँले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा  नेता विक्रम पाण्डे पक्राउ

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा  नेता विक्रम पाण्डे पक्राउ

आफू अनुकुलका ठेक्का हत्याउन ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
तनहुँ बस दुर्घटनाः २ जनाको मृत्यु, ९ जना गम्भीर घाइते

तनहुँ बस दुर्घटनाः २ जनाको मृत्यु, ९ जना गम्भीर घाइते

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस...
साँखुमा गोली चल्यो, तीन जना प्रहरीको नियन्त्रणमा

साँखुमा गोली चल्यो, तीन जना प्रहरीको नियन्त्रणमा

लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
यी हुन् निजामती विधेयकमा प्रस्ताव गरिएका ५० नयाँ व्यवस्था

यी हुन् निजामती विधेयकमा प्रस्ताव गरिएका ५० नयाँ व्यवस्था

राजनीतिक दल, राजनीतिक दलको भातृ सङ्‌गठन, जनवर्गीय सङ्‌गठन वा राजनीतिक दलसँग आबद्ध सङ्‌गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा...