नेभिगेशन
सबै कुरा

धादिङ मिनिट्रक दुर्घटनाका मृतक तथा घाइतेको सनाखत, एकै परिवारका २ जनाको मृत्यु, ३ घाइते

धादिङको खाल्टेमा भएको ट्रक दुर्घनाका मृतक र घाइतेको सनाखत भएको छ । एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका ५, पाल्पाली टोलका ३७ वर्षीय गोपी भनिने राम बहादुर रम्तेल र उनका छोरा ११ वर्षीय सन्तोष रम्तेल रहेका छन् । जसमध्ये सन्तोषको घटनास्थलमै मृत्यु भएको थियो भने रामबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल धादिङले जनाएको छ । त्यस्तै सोही घरकी  ३१ वर्षीया हिरा रम्तेल, १२ वर्षीय प्रितम रम्तेल र १२ वर्षीय सुजन रम्तेल घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्य घाइते पनि सोही ठाउँकै ४० वर्षीय पुरुष विष्णु रम्तेल, १७ वर्षीय सुजित मजकोटी, ११ वर्षीय  विमल मजकोटी रहेका छन् । घाइते सबैलाई जिल्ला अस्पताल धादिङले काठमाडौँ रिफर गरेको छ । घाइतेमध्ये सुजित मजकोटी, विष्णु रम्तेल र प्रितम रम्तेलको अवस्था जटिल रहेको जिल्ला अस्पतालले जनाएको छ ।

Ncell
Extreme Energy

जिल्लाको निलकण्ठ नगरपालिका ५ खाल्टेमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको ट्रक  मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । गम्भिर घाइते अवस्थाका ७ जनालाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल धादिङबेशी पुर्याएका थिए । 

जिल्ला अस्पताल पु¥याइएका ७ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । 

‘दुर्घटनामा परेको ट्रकमा ९ जना सवार थिए । जसमध्ये एक जनाको घटनास्थलमै ज्यान गएको, एक जनालाई घटनास्थलबाटै काठमाडौं पठाइएको र धादिङ अस्पतालाई ल्याइएका ७ मध्ये एक जना घइतेको निधन भएको छ,’ डिएसपी मिश्रले भने, ‘बाँकी ६ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंँ ल्याइएको छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...