नेभिगेशन
सबै कुरा

धरानमा हर्क शासन ! प्रश्न गर्नेलाई थुनाए

२३ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रश्न गरेको निहुँमा एक युवकलाई थुनाएका छन् । साम्पाङले अशोक लिम्बुलाई नगर प्रहरी लगाएर पक्राउ गराएका हुन् । लिम्बु अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेको हो । ‘नगर प्रहरीले पक्राउ गरेको रहेछ । उनीहरुले हामीलाई जिम्मा लगाए, अहिले उ हाम्रो नियन्त्रणमा छ ।’

City Express

डिएसपी मल्लले अहिलेसम्म कुनै उजुरी नपरेको पनि स्पष्ट पारे । मेयरमाथि दुव्र्यवहार भएको हो ? भन्ने प्रश्न मल्लले त्यस्तो केही जानकारीमा नआएको बताए । नगर प्रहरीले पक्राउ गरी बुझाएका कारण उनलाई हिरासतमा राखिएको उनको भनाई छ । 

यता धरानका मेयर हर्क साम्पाङले भने बदमासलाई प्रहरीको जिम्मा लगाएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बदमासलाई प्रहरीको जिम्मा लगाइयो ! स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन ! जय देश ! 

सामाजिक सञ्जालमै भेटिएको एउटा भिडियोमा एक युवकले मेयरको केही भनाभन भएको देखिएको छ । धरान १५ मा लागूऔषध सचेतना सम्बन्धी कार्यक्रममा ति युवकले एक घरमा बिरामीको अवस्था निकै नाजुक भएको र त्यसतर्फ ध्यान दिन मेयरलाई आग्रह गरेका थिए । तर मेयरले भने भने भाई चुप लाग भन्दै धम्क्याएका थिए । मेयरको फरक प्रस्तुतीपछि ति युवक पनि केही आवेगमा आएको देखिएका छन् । तर प्रश्न गरेकै भरमा नगर प्रहरी लगाएर पक्राउ गरी प्रहरी हिरासतमा राख्ने कार्यले लोकतन्त्रको उपहास भएको भन्दै मेयरको आलोचना भईरहेको छ । 

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...