नेभिगेशन
सबै कुरा

धरानमा हर्क शासन ! प्रश्न गर्नेलाई थुनाए

२३ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रश्न गरेको निहुँमा एक युवकलाई थुनाएका छन् । साम्पाङले अशोक लिम्बुलाई नगर प्रहरी लगाएर पक्राउ गराएका हुन् । लिम्बु अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेको हो । ‘नगर प्रहरीले पक्राउ गरेको रहेछ । उनीहरुले हामीलाई जिम्मा लगाए, अहिले उ हाम्रो नियन्त्रणमा छ ।’

Ncell
Extreme Energy

डिएसपी मल्लले अहिलेसम्म कुनै उजुरी नपरेको पनि स्पष्ट पारे । मेयरमाथि दुव्र्यवहार भएको हो ? भन्ने प्रश्न मल्लले त्यस्तो केही जानकारीमा नआएको बताए । नगर प्रहरीले पक्राउ गरी बुझाएका कारण उनलाई हिरासतमा राखिएको उनको भनाई छ । 

यता धरानका मेयर हर्क साम्पाङले भने बदमासलाई प्रहरीको जिम्मा लगाएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बदमासलाई प्रहरीको जिम्मा लगाइयो ! स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन ! जय देश ! 

सामाजिक सञ्जालमै भेटिएको एउटा भिडियोमा एक युवकले मेयरको केही भनाभन भएको देखिएको छ । धरान १५ मा लागूऔषध सचेतना सम्बन्धी कार्यक्रममा ति युवकले एक घरमा बिरामीको अवस्था निकै नाजुक भएको र त्यसतर्फ ध्यान दिन मेयरलाई आग्रह गरेका थिए । तर मेयरले भने भने भाई चुप लाग भन्दै धम्क्याएका थिए । मेयरको फरक प्रस्तुतीपछि ति युवक पनि केही आवेगमा आएको देखिएका छन् । तर प्रश्न गरेकै भरमा नगर प्रहरी लगाएर पक्राउ गरी प्रहरी हिरासतमा राख्ने कार्यले लोकतन्त्रको उपहास भएको भन्दै मेयरको आलोचना भईरहेको छ । 

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।
रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन जारी गरेको छ ।
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।