नेभिगेशन
सबै कुरा

भन्सार कार्यालयको मेशिन बिग्रेको डेढ महिना हुँदा पनि मर्मत नभएको भन्दै कार्गो व्यवसायी आन्दोलित

काठमाडाैँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो एक्सरे मेशिन बिग्रँदा सामान जाँचपास गराउन समस्या भएको भन्दै कार्गो व्यवसायीहरु आन्दोलित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्गो एक्सरे मेशिन बिग्रेको डेढ महिना हुँदा पनि मर्मत वा नयाँ किन्ने काम नभएको भन्दै उनीहरु सामान निकासी बन्द गरेर आन्दोलित भएका हुन् । मेशिन बिग्रँदा धेरै समस्या भएको र पटक पटक सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउदा पनि मर्मत नगरिएकाले बाध्य भएर सामान निकासीको काम बन्द गर्नुपरेको कार्गो व्यवसायी खेमराज सुवेदीले जानकारी दिए । सामान निकासी जाँचपाचको क्रममा समस्या भएपनि नेपाल पारावहन तथा गोदाम लिमिटेड वेवास्ता गरेको उनले बताए ।

Ncell
Extreme Energy

एक्सरे मेशिन बनाउन वा नयाँ खरिद गर्न आफुहरुले ध्यानकर्षण गराएपनि बजेट नभएको जवाफ पाएको सुवेदीले बताए । उनले एक्सरे मेशिन नबनेसम्म कुनै पनि सामान क्लियरिङ नगर्ने र फरवार्डिङ पनि नगर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...