नेभिगेशन
सबै कुरा

अख्तियारलाई शिक्षामन्त्रीको पत्रः त्रिविका दुई पूर्व उपकुलपति र पूर्व अख्तियार प्रमुख कार्कीसहित ७ जनालाई कारबाही गर्नू


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालीन प्रमुख लोकमान कार्कीसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रीले सिफारिस गरेकी छिन् । 

Ncell
Extreme Energy

चिकित्सा शिक्षामा भएको अनियमितता सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको दोषी देखिएकाहरूलाई कारबाही गर्न मन्त्रालयले सोमबार अख्तियारलाई पत्राचार गरेको हो । 

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बुझ्न नमानेको ६ वर्ष पुरानो प्रतिवेदन २८ चैतमा शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी थिइन । 

प्रतिवेदनले अख्तियारमार्फत कारबाही गर्नुपर्छ भनी दोषी देखिएकाहरूलाई प्रतिवेदन बमोजिम कारबाही गर्न शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

तत्कालीन न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदन यस अघिको सरकारले लुकाएको थियो । 

मन्त्रालयले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू तीर्थराज खनियाँ, हिराबहादुर महर्जन, विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, अख्तियार दूरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र मेडिकल काउन्सिलका  पूर्व रजिष्ट्रार डा नीलमणि उपाध्याय छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...