नेभिगेशन
सबै कुरा

अख्तियारलाई शिक्षामन्त्रीको पत्रः त्रिविका दुई पूर्व उपकुलपति र पूर्व अख्तियार प्रमुख कार्कीसहित ७ जनालाई कारबाही गर्नू


काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालीन प्रमुख लोकमान कार्कीसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रीले सिफारिस गरेकी छिन् । 

Global Ime Bank

चिकित्सा शिक्षामा भएको अनियमितता सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको दोषी देखिएकाहरूलाई कारबाही गर्न मन्त्रालयले सोमबार अख्तियारलाई पत्राचार गरेको हो । 

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बुझ्न नमानेको ६ वर्ष पुरानो प्रतिवेदन २८ चैतमा शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी थिइन । 

प्रतिवेदनले अख्तियारमार्फत कारबाही गर्नुपर्छ भनी दोषी देखिएकाहरूलाई प्रतिवेदन बमोजिम कारबाही गर्न शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

तत्कालीन न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदन यस अघिको सरकारले लुकाएको थियो । 

मन्त्रालयले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू तीर्थराज खनियाँ, हिराबहादुर महर्जन, विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, अख्तियार दूरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र मेडिकल काउन्सिलका  पूर्व रजिष्ट्रार डा नीलमणि उपाध्याय छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

'म उहाँको तर्फबाट बहस गर्ने वकिल पनि हुँ, मैले सबै फाइल अध्ययन गरेको छु, नेपाली जनतालाई स्पष्ट पार्न चाहान्छु की कुनै पनि फाइलमा उहाँ सहकारी ऋणी, सदस्य केहि...
त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा...
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई...