नेभिगेशन
सबै कुरा

शोभायात्रासहित वीरगञ्जमा रामनवमी मनाइँदै

वीरगञ्ज । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो ।

Ncell
Extreme Energy

रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगञ्जको रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने बताए ।

“हामीले धार्मिक परम्पराअनुसार नै श्रीराम भगवान्को जन्मोत्सव मनाउँदैछौँ”, उनले भने,  “गत माघ ८ गते भारतको अयोध्या मन्दिरमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीसँगै रहेको रामजानकी मन्दिरमा रामदरबार तथा बजरङ्गबली प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो । यसले गर्दा पनि यसको पनि छुट्टै महत्व बढाइरहेको छ ।” 

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताए । “ओझेलमा परेका धार्मिकस्थलको जीर्णोद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्फ  सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्कोतर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्फ केन्द्रित हुँदै आएका छौँ ।”

शोभायात्रा झाँकीसहित बिहान ७ बजे निकालिएको थियो । शोत्रायात्रा वीरगञ्जका मुख्य बजार क्षेत्र परिक्रममा गरेर मन्दिर प्राङ्गणमा आएको थियो । मन्दिरका मूल पुरोहितले बिहानैदेखि धार्र्मिक परम्पराअनुसार पूजाआजा गरेको बताउनुभयो । यो मन्दिर ७५ वर्षअघि स्थापना भएको बताइएको छ । रामजानकी मन्दिर तदर्थ समितिका अनुसार मध्याह्न १२ बजे प्रसाद वितरण कार्यक्रम छ भने अपराह्न ४ बजे रामायण झाँकी हुनेछ । साँझ ६ः३० बजे आरती समाप्तिपछि प्रसाद वितरण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...