नेभिगेशन
सबै कुरा

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । 

झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

Global Ime Bank

हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत रु पाँच करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा रु एक करोड एक लाख ४४ हजार लागतमा छ दशमलव ३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ ।

मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । गत असारमा रु दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा बार लगाइएको हो । बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो ।  राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो । पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब रु ३० लाख र जलथल क्षेत्रका लागि रु ४४ लाख ४७ हजार आवश्यक पर्ने प्रमुख राईले जानकारी दिए ।

देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन् । वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन् । विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती  बस्ने गरेकामा  त्यसपछि उक्त सङ्ख्या वृद्धि हुँदै हाल ३५ पुगेको छ । अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ ।

“यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्”, प्रमुख राईले भने । जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । विसं २०६८ देखि गत वर्षसम्म रु सात करोड १९ लाख ७० हजार छ सय ९७ पीडितलाई राहत रकम वितरण भएको छ ।

हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ । चालु आवमा हात्तीको आक्रमणबाट पाँच सय ३२ घटनाका पीडितलाई रु एक करोड २६ लाख राहतस्वरुप प्रदान गर्न बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

'म उहाँको तर्फबाट बहस गर्ने वकिल पनि हुँ, मैले सबै फाइल अध्ययन गरेको छु, नेपाली जनतालाई स्पष्ट पार्न चाहान्छु की कुनै पनि फाइलमा उहाँ सहकारी ऋणी, सदस्य केहि...
त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा...
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई...