नेभिगेशन
सबै कुरा

सल्यान बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरियाे

सल्यान । सल्यानमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दाङको घोराहीबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिकाको थारमारेस्थित ठिनबाङ्ग खोलामा दुर्घटना हुँदा घाइते भएका नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङमा पठाइएको हो ।

Ncell
Extreme Energy

गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका–२ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका–४ दाङकी वर्ष २६ की खिमा बिक, गाडी धनी वर्ष ४६ का बिष्णु बिक, तुलसीपुर उपमहानगरपालिका–१० बिजौरी बस्ने वर्ष २९ का कृष्ण चौधरी, नारायणपुर नगरपालिका १० दाङ्ग बस्ने वर्ष ३६ की दिलकुमारी गोतामे, तुलसीपुर उपमहानगरपालिका ६ बस्ने वर्ष ३४ का गाडी चालक पुर्ण शम्शेर जबरा, तुलसिपुर उपमहानगरपालिका–७ बस्ने वर्ष ४९ की ठगी बुढा र वर्ष ४७ की कुम्भ कुमारी बुढालाई नेपालगन्ज र दाङ्ग रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ  ।

बुधबार बिहान पौने ११ बजे यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...