नेभिगेशन
सबै कुरा

सल्यान बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरियाे

सल्यान । सल्यानमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरिएको छ । 

दाङको घोराहीबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिकाको थारमारेस्थित ठिनबाङ्ग खोलामा दुर्घटना हुँदा घाइते भएका नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङमा पठाइएको हो ।

Global Ime Bank

गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका–२ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका–४ दाङकी वर्ष २६ की खिमा बिक, गाडी धनी वर्ष ४६ का बिष्णु बिक, तुलसीपुर उपमहानगरपालिका–१० बिजौरी बस्ने वर्ष २९ का कृष्ण चौधरी, नारायणपुर नगरपालिका १० दाङ्ग बस्ने वर्ष ३६ की दिलकुमारी गोतामे, तुलसीपुर उपमहानगरपालिका ६ बस्ने वर्ष ३४ का गाडी चालक पुर्ण शम्शेर जबरा, तुलसिपुर उपमहानगरपालिका–७ बस्ने वर्ष ४९ की ठगी बुढा र वर्ष ४७ की कुम्भ कुमारी बुढालाई नेपालगन्ज र दाङ्ग रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ  ।

बुधबार बिहान पौने ११ बजे यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

'म उहाँको तर्फबाट बहस गर्ने वकिल पनि हुँ, मैले सबै फाइल अध्ययन गरेको छु, नेपाली जनतालाई स्पष्ट पार्न चाहान्छु की कुनै पनि फाइलमा उहाँ सहकारी ऋणी, सदस्य केहि...
त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा...
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई...