नेभिगेशन
सबै कुरा

राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित ‘अधुरा क्रान्ति’ सार्वजनिक गरिएको छ । नेता महतो, विश्लेषक सिके लगायत विज्ञहरुले सामूहिकरुपमा विमोचन किताबको विमोचन गरे । नेता महतोले मधेस सङ्घर्ष र राजनीतिक जीवनमा भोगेका विभिन्न आयामलाई पुस्तकले उजागर गरेको छ । अधुरो क्रान्तिमा नेता महतोले आफ्नो राजनीतिक जीवन र मधेसमा उठेको विद्रोहको आवाजलाई बुझ्ने गरी उल्लेख गरेका छन् ।      

सो अवसरमा नेता महतोले अधुरो क्रान्ति उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो भने । “सात वर्षको मेहनतमा तयार गरिएको पुस्तकले उत्पीडनमा परेका जनताको भोगाइ, देखाइ र बुझाइका विषयवस्तुलाई समेटेको छ”, उनले भने ।      

Dish home
City Express

मुलुकमा परिवर्तनका लागि हालसम्म भएका सबैखाले क्रान्ति र सङ्घर्षले उत्पीडनमा परेका जनतालाई न्याय दिन नसकेकाले दाबी गर्दै नेता महतोले ती अधुरा क्रान्तिलाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । उनले एकल सोच र चिन्तनबाट राज्यसञ्चालन गरिएको जिकिर गर्दै सबै जातजाति, भाषाभाषी, वर्गत र समुदायको भावनालाई राज्य सञ्चालनको हिस्सेदारी हुनुपर्ने धारणा राखे ।      

पुस्तकको टिप्पणी गर्दै विश्लेषक सिके लालले अधुरो क्रान्तिले करिब ६५ वर्षे नेपालको राजनीतिक घटनाक्रमलाई मधेसको आँखाबाट हेरिएको र मधेस आन्दोदलनका आयामलाई क्रमबद्ध गरिएको उल्लेख गरे । उनले मधेसका मुद्दालाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अन्य मधेसी नेताहरुलाई पुस्तकमा नसमेटिएको टिप्पणी गरे । 

     पुस्तकमा ‘माटो र बाटोको पहिचान’, ‘भाषिक सङ्घर्ष’, ‘पहिचानको सङ्घर्ष’, ‘उदगम र उपेक्षा’, ‘सङ्गत’, ‘विभेदको अन्त्यहीन दुष्चक्रलगायत’ लगायत शीर्षकमा लेख समावेश छन् । तीन सय ८१ पृष्ठको उक्त पुस्तक पाइन प्रकाशन प्रालिले प्रकाशन गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका यी स्थानमा २ महिनाका लागि विरोधका कार्यक्रम गर्न निषेध

काठमाडौँका यी स्थानमा २ महिनाका लागि विरोधका कार्यक्रम गर्न निषेध

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित...
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो...
एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने...
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना...