नेभिगेशन
सबै कुरा

सल्यान दुर्घटना अपडेट : सवारी धनीको उपचारको क्रममा मृत्यु

दाङ । सल्यानको ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि सवारीधनी तुलसीपुरका विष्णु विश्कर्माको मृत्यु भएको छ ।

बुधबार बिहान दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा पनि गम्भीर घाइते भएका तुलसीपुर ४ निवासी ४६ बर्षीय विकको मृत्यु भएको हो ।

Dish home
City Express

दाङको घोराहीबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिकाको थारमारेस्थित ठिनबाङ्ग खोलामा बुधबार बिहान पौने ११ बजे दुर्घटनामा परेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

 बस दुर्घटनामा परि गम्भीर घाइते भएका ९ जनाको दाङ र नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका यी स्थानमा २ महिनाका लागि विरोधका कार्यक्रम गर्न निषेध

काठमाडौँका यी स्थानमा २ महिनाका लागि विरोधका कार्यक्रम गर्न निषेध

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित...
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो...
एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने...
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना...