नेभिगेशन
सबै कुरा

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

Global Ime Bank

मोटरसाइकल चालक  विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ । मृतक वृद्धको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा...
रसुवागढी बाढीः ३ प्रहरी, ९ नेपाली सेना र ६ जना चिनियाँ नागरिक बेपत्ता

रसुवागढी बाढीः ३ प्रहरी, ९ नेपाली सेना र ६ जना चिनियाँ नागरिक बेपत्ता

गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा चीनमा परेको अबिरल वर्षाका कारण आएको बाढीका कारण ३ जना प्रहरी, ९ जना नेपाली सेना, ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका...
ल्हेन्दे खोला बढी: नौजनाको सकुशल उद्धार

ल्हेन्दे खोला बढी: नौजनाको सकुशल उद्धार

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको नेपाली सेनाले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर...
त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

बिहानै काठ समाउन नदी छेउमा पुगेका उनीहरु एक्कासी आएको बाढीमा फसेका थिए । त्यसपछि उनीहरु ३ घण्टादेखि सिसौको रुखमा चढेर बसेका थिए । स्थानीय जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुको...