नेभिगेशन
सबै कुरा

देशका केही भूभागमा हावाहुरी र हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना  छ ।

Extreme Energy
citizen life

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना  छ । देशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ । 

आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका केही ठाउँमा तथा बेलुका गण्डकी र लुम्बिनीका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापतिको निर्देशनमा रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

सभापतिको निर्देशनमा रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

त्यस्तै रास्वपा सभापति रवि लामिछानेले आज दिउँसो साढे ३ बजे सचिवालय बैठक पनि आह्वान गरेका छन् ।  बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने...
इन्धन खपत कम गर्न आइतबार बिदा दिने निर्णयपछि कस्तो छ सडकमा सवारी चाप ? (फोटोफिचर)

इन्धन खपत कम गर्न आइतबार बिदा दिने निर्णयपछि कस्तो छ सडकमा सवारी चाप ? (फोटोफिचर)

कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी जस्ता प्रमुख चोकहरूमा बिहानको ९ बजे देखि ११ बजेसम्म आइतबार पनि उल्लेख्य सवारी चाप देखिएको छ। केही स्थानमा त शनिबारभन्दा...
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र...