नेभिगेशन
सबै कुरा

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

वीरगञ्ज ९पर्सा०, ९ वैशाखः सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।

Ncell
Extreme Energy

छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए । “भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हँुदै आएर नेपालको भूमिमा  खेतीबाली तथा फुसको घरमा क्षति पुर्याएको छ”, उनले भने, “सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भए ।” 

आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ । सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा रु चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगजनीले  सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर रु दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ ।

आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहँुबाली जलेको छ । सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ । 

किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँु र पराल गरी एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा ३० हजारको क्षति भएको छ । आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही  २० हजारको क्षति भएको छ । 

त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा रु ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा रु ८० हजारको क्षति भएको छ । त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा रु ५० हजारको क्षति भएको छ । त्यस्तै सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहँुबालीमा क्षति हँुदा रु २० हजारको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
बिरामी आमा छाडेर खटिएँ उद्धारमा

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका...
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।