नेभिगेशन
सबै कुरा

अपडेट : गोरखामा गएको हिमपहिरोले एक पुल बगायो, अवस्था सामान्य

गोरखा । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर ताल नजिक रहेको एक खहरे खोलाको पुल बगाएको छ । आइतबार बिहान चुमनुब्री गाउँपालिका –१ मनास्लु क्षेत्रमा गएको हिमपहिरोले तालको पानी छचल्किँदा त्यस क्षेत्रमा रहेको हिमखोलाको पुल बगाएको प्रहरीले जनाएको छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरो जानासाथ प्रहरी र प्रशासनको टोली घटनास्थलतर्फ पुगेको र अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए ।  ‘ताल फुट्यो भन्ने सुचना आउनासाथ हामीले घटनास्थलचफै प्रहरी पठाएका थियौँ । घटनास्थलमा पुग्दा ताल फुटेको नभएर हिमपहिरो गएको रहेछ  ।’, पाठकले सिधाकुरासँग भने, ‘पहिरोले तालको पानी छचक्यिाएर नजिक रहेका खहरे प्रकारका खोलामा पानीको बहाब बढ्दा तालदेखि करिब आधा घण्टा दुरीमा रहेको एक पुल बगाएको छ । अहिले भने अवस्था सामान्य भइसकेको छ, आत्तिनुपर्दैन ।’

Ncell
Extreme Energy

त्यस्तै उनले खोला र बूढीगण्डकीमा पानीको बहाब बढेका कारण तटक्षेत्रमा रहेको स्थानीयहरुहरु सचेत रहन आग्रह गरिएको र यतिबेलाको अवस्था सामान्य रहेका कारण डर मान्नुनपर्ने बताएका छन् । बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको प्रहरीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...