नेभिगेशन
सबै कुरा

अपडेट : गोरखामा गएको हिमपहिरोले एक पुल बगायो, अवस्था सामान्य

गोरखा । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर ताल नजिक रहेको एक खहरे खोलाको पुल बगाएको छ । आइतबार बिहान चुमनुब्री गाउँपालिका –१ मनास्लु क्षेत्रमा गएको हिमपहिरोले तालको पानी छचल्किँदा त्यस क्षेत्रमा रहेको हिमखोलाको पुल बगाएको प्रहरीले जनाएको छ  ।

पहिरो जानासाथ प्रहरी र प्रशासनको टोली घटनास्थलतर्फ पुगेको र अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए ।  ‘ताल फुट्यो भन्ने सुचना आउनासाथ हामीले घटनास्थलचफै प्रहरी पठाएका थियौँ । घटनास्थलमा पुग्दा ताल फुटेको नभएर हिमपहिरो गएको रहेछ  ।’, पाठकले सिधाकुरासँग भने, ‘पहिरोले तालको पानी छचक्यिाएर नजिक रहेका खहरे प्रकारका खोलामा पानीको बहाब बढ्दा तालदेखि करिब आधा घण्टा दुरीमा रहेको एक पुल बगाएको छ । अहिले भने अवस्था सामान्य भइसकेको छ, आत्तिनुपर्दैन ।’

Global Ime Bank

त्यस्तै उनले खोला र बूढीगण्डकीमा पानीको बहाब बढेका कारण तटक्षेत्रमा रहेको स्थानीयहरुहरु सचेत रहन आग्रह गरिएको र यतिबेलाको अवस्था सामान्य रहेका कारण डर मान्नुनपर्ने बताएका छन् । बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको प्रहरीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी...
१५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

१५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु  एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो...
छानबिन नसकिँदासम्म एनपीएलसम्बद्ध कुनै पनि काम नगर्न क्यानलाई राखेपको निर्देशन

छानबिन नसकिँदासम्म एनपीएलसम्बद्ध कुनै पनि काम नगर्न क्यानलाई राखेपको निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) लाई  नेपाल प्रिमियर लिग (एनपीएल) सँग सम्बन्धित कुनै पनि कार्य नगर्न वा नगराउन निर्देशन दिएको छ। एनपीएल आयोजना सम्बन्धी अनियमितताको...