नेभिगेशन
सबै कुरा

कतारका अमिरको भ्रमणमा विपीन जोशीको रिहाइकाे मुद्दा पनि उठाउछाैँ : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् । 

कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताए । “प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, दाहालले भने, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु ।”

Global Ime Bank

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झण्डै १४ खर्ब पुग्याे मुलुकको कूल व्यापार घाटा

झण्डै १४ खर्ब पुग्याे मुलुकको कूल व्यापार घाटा

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु...
गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, ‘जीबी राईसँग सरकारले कति अर्बमा डिल गर्यो ?’

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, ‘जीबी राईसँग सरकारले कति अर्बमा डिल गर्यो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा फरार जीबी राईँसँग सरकारले डिल गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै शाहीले प्रतिपक्षमा हुँदा राईँलाई पक्रिन्छु भन्ने...
प्रधानमन्त्रीसँग स्पेन गएकाहरु फर्किएनन् भन्ने छ, छानबिन होस्ः रास्वपा

प्रधानमन्त्रीसँग स्पेन गएकाहरु फर्किएनन् भन्ने छ, छानबिन होस्ः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका नेपालीमध्ये केही नफर्किएको भन्ने समाचारमाथि आफूहरुको ध्यानाकर्षण भएको बताएको छ । मंगलबार प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद सोबिता गौतमले भिजिट...
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराएका हुन् ।