नेभिगेशन
सबै कुरा

‘हेड अफ एनसिबी कन्फरेन्स’मा भाग लिन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन्। फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ । सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । 

Ncell
Extreme Energy

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललगायत प्रहरी अधिकृतले बिदाइ गरेका थिए । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्स प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...