नेभिगेशन
सबै कुरा

तत्काल कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्भव छैन : केपी ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्भव नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा सोमबार एमालेले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले अहिले आफुहरु बिभाजनको बाटोबाट माथि उठेको भन्दै तत्काल पार्टी एकीकरण गर्ने कुरा व्यक्तिगत आकांक्षामात्रै हुने बताए । 

Ncell
Extreme Energy

अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जाने र त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सकिने उनले बताए । त्यस्तै ओलीले वामपन्थीमात्रै नभई देशभक्ति शक्तिहरू मिलेर जाने समय भएकाले देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्ने भ्रष्टाचारविरुद्ध लाग्ने शक्तिहरु मिलेर जानुपर्ने धारणा राखे । 

उनले अहिलेको नयाँ सत्ता समिकरण देशमा विकासको अभियान चलाउने र जनताका समस्या समाधानका लागि बनेको भन्दै दलहरूको प्रमुख कार्य गरिबीको अन्त्य गर्ने हुनुपर्नेमा जोड दिए । उनले एमाले एकढिक्का रहेको भन्दै समृद्ध नेपाल सुखी नेपालीको अगुवाई पार्टीले गर्ने जिकिर गरे । 

उनले कम्युनिष्ट आन्दोलनको ७५ वर्षको समीक्षा गरेर आगामी बाटो तयार गर्न एमालेले दुई दिनसम्म बैठकको आयोजना गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...