नेभिगेशन
सबै कुरा

लगानी सम्मेलनका लागि मुलुक राजनीतिक रुपले एक ढिक्का छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी  लगानी सम्मेलनका लागि मुलुक राजनीतिक रुपमा पनि मुलुक एक ढिक्का रहेको बताएका छन् । सोमबार लगानी सम्मेलनको पूर्वसन्ध्यामा  आयोजित  सम्पादकहरुसँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । 

तेस्रो लगानी सम्मेलनका लागि मुलुकले सम्पूर्ण तयारी पुरा गरेको भन्दै मन्त्री पुनले मुलुक लगानी सम्मेलनका लागि राजनीतिक, कानुनी र लगानी वातावरण मार्फत तयार रहेको बताए । 

City Express

‘मुलुक राजनीतिक रुपमा पनि लगानी सम्मेलनका लागि एक ढिक्का छ’, मन्त्री पुनले भने, ‘लगानीको वातावरणका लागि कानुन संसोधन देखि सबै खाले सहजीकरणका लागि मुलुक तयार छ ।’

मन्त्री पुनले लगानीकर्ताले लगानीका लागि राजनीतिक र सरकारको अवस्थामा भन्दा पनि लगानी वातावरण र नाफा हेर्ने भन्दै त्यसका लागि मुलुकमा उपयुक्त वातावरण रहेको बताए । लगानी सम्मेलनका लागि जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्र लगानीको मुल आकर्षण रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

मंगलवार दिउंसो उनले सिंहदरवार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरिक्षण गरेका हुन् । उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...