नेभिगेशन
सबै कुरा

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सल्लेरी । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको  डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक÷एक वटा घर आगोले जलेर नष्ट भएको हो । 

Ncell
Extreme Energy

आगलागीबाट ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको  तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा  २३ लाख, केशव राई र मकरबहादुर राईको  नगद  एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा  २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा  १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए । 

उनले भने “खरबारीबाट सल्किएको आगो जङ्गलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो, कतिपय घर खरको छानो भएकाले आगो निभाउन कठिनाइ भयो,  अन्ततः बस्तीको आगो निभाइयो तर वनको आगो निभाउन सकिएको छैन ।” 


स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाइएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।