नेभिगेशन
सबै कुरा
बैशाख १२ सम्झना :

गोरखा भूकम्पको ९ वर्ष : सामान्य बन्दै बारपाकीको जनजीवन (फाेटाे फिचर)

 गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार दिउँसाे ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्युटको भूकम्पले करिव ९ हजार मानिसको ज्यान लिएको थियो ।  गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा ठुलाे  क्षति भएकाे थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिव १५ सय भन्दा बढि घरधुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुङ्गाले छाएको घर, बाटो भरि ढुंगा बिछ्याइएका सुन्दर गाँउको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।

Ncell
Extreme Energy

भुकम्पले सबैभन्दा धेरै क्षति गरेकाे गोरखाको बारपाकमा अहिले मौलिकता मासिएको छ र परिचय फेरिएको छ । आजभोली बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू आउने गर्छन् । सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक घुम्नका लागि नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुङ्गाले छाइएको घरको सट्टा आधुनिक र पक्की घर निर्माण गरिएको छ । ढुंगा छापिएका बाटो मोटर बाटोमा परिणत भएका छन् । ९ वर्ष अगाडि भुकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाँकी छन् भने बारपाकीहरूको  दैनिकी सामान्य बन्दै गएको छ।












प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।