नेभिगेशन
सबै कुरा

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइते को प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । गाडी घटनास्थलमा नै रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।