नेभिगेशन
सबै कुरा
चुनावी सभामा रवि लामिछाने :

गाेजीमा बोकेका नागरिकका माग देखाउँदै रविले साेधे, ३४ वर्षसम्म इलामका यी माग किन पूरा गर्नुभएन ?

काठमाडाैँ  । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूराना राजनीतिक दलहरुले जनताको मागहरुको बेवास्ता गरेको बताएका छन् । इलामको चुनावी सभाको सम्बोधन गर्दै लामिछानेले ३४ वर्षसम्म नेताहरुले जनताका मागहरुको बेवास्ता गरेर जनतालाई सँधै सास्तीमा राखेका कारण आफूहरुको उदय भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

जनताका मागको नेताहरुले बेवास्ता गरेको बताउँदै लामिछानेले भने, ‘तपाईँहरुले कयौँ पटक भोट हाल्नुभयो, कयौँपटक मत दिनुभयो । परिणाम तपाईँले देख्नुभएको छ । मैले ति परिणामको व्याख्या गरेर ति दल र नेताहरुको आलोचना गरेर राम्रो हुँदैन । आज मैले यहाँ आएर तपाईँहरुलाई तपाईँका माग दिनुहोस भनेँ भने, यि हेर्नुहोस (गोजीबाट कागज निकाल्दै) यतापनि माग, उता पनि माग । यी गुनासोहरु के हुन् ? ३४ वर्षसम्म यी गुनासोहरु किन सम्बोधन गर्न सक्नुभएन ? यी गुनासोमा कतैपनि आकाशको तारा ल्याउन भनिएको छैन । यी गुनासोमा कसरी चन्द्रमा पुग्ने भनिएको छैन । यी गुनासोमा पानी चाहियो भनिएको छ, बाटो चाहियो, उपचार चाहियो, किताब चाहियो भनिएको छ ।’

त्यस्तै उनले नेपाली कांग्रेसले धुलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर त्रासले आफ्नो राजीनामा मागेको बताए । त्यस्तै उनले आफूलाई सरकारमा रहेर २/४ ओटा काम गर्न दिनुस्, अनि दिउँला राजीनामा भन्दै ककसलाई कुनकुन केसमा कहाँ पठाउने भन्ने आफूलाई थाहा भएको बताएका छन् । ‘धुलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर तपाईँहरूले राजीनामा मागेको कुरा मलाई राम्रोसँग थाहा छ। पख्नुहोस्, आउँछ राजीनामा। दुई चारवटा काम गर्न दिनुस् चाँडै नै। चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन। तर चिन्ता गर्नुपर्दैन। अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ। चुनाव सकियोस् मलाई राम्रोसँग थाहा छ। कस–कसलाई कुन–कुन केसमा कहाँ पठाउने भन्ने।’, सभापति लामिछानेले भने । 

त्यस्तै उनले कुन कुन फाइल अनुसन्धान गर्दागर्दै बन्द गरिए, अनुसन्धान गरिएका कुनकुन प्रहरीको सरुवा गरिए आफूलाई सबै थाहा भएको बताएका छन् । त्यस्तै उनले आफूले प्रतिपक्षमा हुँदा बोलेको र अहिले सरकारमा हुँदा लडिरहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।