नेभिगेशन
सबै कुरा

मटिहानीका आगलागी पीडितलाई रास्वाका मनिष झाले बाँडे एक महिनाको तलब बराबरको राहत सामाग्री

महोत्तरी । महोत्तरीको मटिहानिमा आगलागीबाट पीडित भएकाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एक महिनाको तलब बराबरको राहत वितरण गरेका छन् ।  

प्रतिनिधि सभा सदस्य एवंम राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता समेत रहेका झाले एक महिना बराबरको तलबले आगलागी पीडितहरूलाई राहत स्वरूप कपडा वितरण गरेका हुन् । उनले राहत स्वरूप साडी, हाफ पाईन्ट र टिसर्ट वितरण गरेका हुन् ।

आफनो खर्चमा राहत वितरण गर्दै झाले भने, ‘प्रतिनिधिसभा सदस्यको रूपमा ५७ हजार ८७४ रुपैँया मासिक तलबको रुपमा खातामा आउँछ। एक महिनाको तलब बराबरको लत्ताकपडा किनेर आज महोत्तरीको मटिहानीमा आगलागी भएको १ सय ३ घरपरिवारलाई राहत होस् भन्ने उद्देश्यले कपडा वितरण गरेको छु।’

मटिहानी नगरपालिका–६ मुस्लिम बस्तीमा आगलागी हुँदा १ सय ३ घर जलेर नष्ट भएको थियो । मटिहानी ६ जरलहर्वागाछी भगवती टोलमा भएको आगलागीले बस्ती नै सखाप पारेको थियो  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...